चक्रवर्ती सामुदायिक वनद्वारा जडिबुटी तथा फलफुलका विरुवा रोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १८

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहले वनको जग्गामा जडिबुटी तथा फलफुलको बिरुवा रोपण गरेको छ । बुधबार आयोजित कार्यक्रममा समुहका पदाधिकारी तथा सदस्यहरुले सर्पगन्ध लगायत विभिन्न जातका जडिबुटी र फलफुलका विरुवा रोपण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बृक्षारोपणको धेरै महत्व भएको हुँदा सबैले आफ्नो वन क्षेत्रमा बृक्षारोपण गर्नुपर्ने बताए । पछिल्लो समयमा काठबाट बन्ने साम्रागिहरु मानिसले प्रयोग गर्न छोडेको भन्दै थापाले विरुवा रोप्नु काठको लागि मात्रै नभएर हरियाली र वातावरण संरक्षणकोलागि पनि भएको बताए । पछिल्लो समय जलवायु परिवर्तन भइ जिवनस्तर परिवर्तन भएको भन्दै उनले अब जिवनस्तर परिवर्तन गर्न सोच, विचार र व्यवहार पनि परिवर्तन गर्नुपर्ने थापाले बताए ।

सव डिभिजनवन कार्यलय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्टले चक्रवर्ती सामुदायिक वनले गरिबी निर्वारण देखि लिएर विभिन्न क्रियाकलाप गर्दै उपभोक्तहरुको मन जित्दै आएकोे बताए । सर्पगन्ध दुई वर्षको खेती रहेको र यसबाट मनग्य आम्दानी कमाउन सक्ने भट्टले बताए । सर्पगन्धको जरा यतिकै खाए पनि मानिसहरुको प्रेसर र मानिसको नकरात्मक सोचहरुलाइ पनि हटाउने जडिबुटि रहेको भट्टले बताए ।

डिभिजन वन कार्यलय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले सामुदायिक वनको आर्थिक समृद्धि गर्नको लागि सम्भावना रहेका चिजहरुको पहिचान गरि अगाडि बढाउनुपर्ने बताए । निम्नस्तर भएका मानिसहरुको जिवनस्तरलाई उकास्नको लागि सामुदायिक वनले भुमिका खेल्नुपर्ने श्रेष्ठले बताए । सामुदायिक वनको आर्थिक समृद्धि गर्नको लागि स्थानिय सरकारले पनि भुमिका खेल्नुपर्ने श्रेष्ठले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले आफुसँग भएको स्रोत र साधनलाइ प्रयोग गरि अगाडि बढ्ने हो भने समुदायिक वन पनि धनी हुन सक्ने बताए । देवघाटको सामुदायिक वनहरु चितवन नजिक भएको हुदा धेरै सम्भावना बोकेको क्षेत्र रहेको न्यौपानेले बताए । चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङले पनि मन्तव्य राखेका थिए ।

उक्त अवसरमा सर्पगन्ध, सित्तलचिनि, कुरिलो लगायत जडिबुटी र कटहर, लिचि, आँप लगायतका फलफुल गरि ४ हजार विरुवा रोपिएको थियो । उक्त कार्यक्रमको सन्चालन वन समुहका सचिव प्रेम थापाले गरेका थिए भने स्वागत मन्तव्य समुहका उपाध्यक्ष खेम रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका