क्यान्सर पिडित मधुमायाको परिवारद्धारा सहयोगको आग्रह

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

व्यास नगरपालिका वडा नम्बर ५, वरवोटे निवासी ५० वर्षिय मधुमाया श्रेष्ठलाई क्यान्सर भएको छ । केही महिना अघिदेखी शरिरमा विभिन्न समस्या देखिएपछि उपचारका लागी मनिपाल हस्पिटल पोखरामा उपचार गराएका श्रेष्ठलाई चितवन अस्पतालले क्यान्सर भएको पुष्टि गरेको हो ।

फोक्सो र मेरुदण्डको हड्डीमा क्यान्सर देखिएको निज श्रेष्ठको हाल भारतको पंजाव स्थित ओशोवाल क्यानसर हस्पिटलमा उपचार भईरहेको छ । चितवन अस्पतालमा निजको उपचार सम्भव नभएपछि भारतको पंजाव स्थित ओशोवाल क्यान्सर हस्पिटलमा थप उपचारको लागी लगिएको निजको श्रीमान मानकाजी श्रेष्ठले बताए ।

चौथो स्टेजको क्यान्सर लागेको श्रेष्ठको उपचारका लागी धेरै ठुलो आर्थिक खर्च भईसकेको हुदाँ थप उपचार र श्रीमती श्रेष्ठको जीवनरक्षाको लागी सवैलाई सहयोग गरिदिनुहुन निजका श्रीमान् मानकाजी श्रेष्ठले आग्रह गरे ।

२ सन्तानका आमा श्रेष्ठको उपचारका लागी महंगो औषधी खरिद गर्नुपर्ने, भएको रकम उपचारमा सकिसकेको र अवका दिनमा लाग्ने खर्च कसरी जुटाउने भन्नेमा पीर लागेको श्रेष्ठले बताए ।

यसैवीच निज श्रेष्ठको जीवन रक्षाका लागी व्यास–५, भुपुटोल निवासी स्थानीय वासिन्दाहरुवाट ४२ हजार ५ सय पचहत्तर, पतेनीटार नेवा समाजवाट ११ हजार दुई सय पैतालिस, वरवोटे नेवा गुठीवाट ५ हजार, वरवोटे टोल विकास संस्थावाट ६० हजार नौ सय तीस रुपैया आर्थिक सहयोग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण