तनहुँ । असार २०
पर्यटन तथा उद्योग कार्यालय तनहुँको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, भेटेरीनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँ, शुनपा नगरपालिका, इप्रका बेलचौतारा, संचारकर्मी सहित बिहिबार दुलेगौंडामा संयुक्त बजार अनुगमन सम्पन्न भएको छ।




बजार अनुगमनको क्रममा विशेषगरी राजमार्ग भन्दा केही भित्रका पसल व्यवसाय हेरिएको थियो, यस्ता पसलबाट गाउँ घर देहाततिर पठाइने गर्छ। अनुगमनका क्रममा १४ वटा पसल व्यवसाय निरीक्षण गरियो र करिब ३२ हजार ३६५ रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तुहरू तत्काल नष्ट गर्न निर्देशन दिईएको थियो।

पर्यटन तथा उद्योग कार्यालयका प्रमुख दुर्गा राज सुवेदीले अनुगमन चाडपर्वका बेला मात्र नभई नियमित रूपमा हुने बताए। उनले पसलको सरसफाइ, म्याद गुज्रिएका सामान बिक्रीमा रोक, तथा खाद्य लेबल नभएका वस्तुको बिक्रीबारे कडा निर्देशनसमेत दिइएको जानकारी दिए।













