इन्सेकले भन्यो– रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकरको जीवनरक्षा होस्

Devghat Online

शेयर गरौ

काठमाडौं । असार २५

रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकर रामको भौतिक सुरक्षामा गम्भीर ध्यान दिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आग्रह गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्सेकले ४३ वर्षीय गौरीशंकरको ज्यान जोखिममा रहेको भन्दै सरकारसँग तुरुन्त सुरक्षा प्रबन्ध मिलाउन माग गरेको हो ।

इन्सेकका अनुसार, २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित मोहम्मद अफताब आलमको घरमा भएको बम विस्फोटनमा घाइते भएका गौरीशंकर घटनाका साक्षी हुन् ।

सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य २० जना भन्दा बढी घाइते भएका थिए । सोही प्रकरणमा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित अन्यलाई संलग्न देखाउँदै प्रहरीले १९ असोज २०७६ मा गिरफ्तार गरेको थियो ।

‘जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको १४ जेठ २०८२ को इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आरोपितहरूलाई सफाइ दिएपछि आफूमाथि सुरक्षा खतरा भएको भन्दै गौरीशंकर काठमाडौंमा बसिरहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामी बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडितको जीवनरक्षा गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

इन्सेकले घटनापछि गरेको स्थलगत अवलोकन, विभिन्न व्यक्तिहरूसँगको कुराकानी र तथ्यसहितको प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड