साहसिक पर्यटनको नयाँ गन्तव्यः ऐनापहरा स्काईवाक

Devghat Online

शेयर गरौ

तनहुँ । असार २५

आँबुखैरेनी गाउँपालिका–२ र ४ मा अवस्थित ऐना पहरामा निर्माण भैरहेको स्काईवाक अन्तिम चरणमा पुगेको छ । साहसिक खेल प्रेमीहरूको लागि ऐनापहरा स्काईवाक एक नयाँ गन्तव्य बन्ने भएको छ ।

यो स्काईवाक नेपालको सम्भवतः सबैभन्दा अग्लो (५० मिटर) र लामो (८८ पाइला) पुल हुनेछ, जसले पर्यटकहरूलाई एक अनौठो साहसिक अनुभव प्रदान गर्नेछ । पुलको प्रत्येक पाइला बीचमा १ फिटको खाली स्थान राखिएको छ, जसले यात्रुहरूलाई हावामा उडिरहेको जस्तो अनुभव दिनेछ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, ‘यस परियोजनाले क्षेत्रको पर्यटन सम्भावना र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउनेछ ।’ उनले भने ‘हामीलाई यो विश्वास छ कि ऐनापहरा स्काईवाकले तनहुँ, गोरखा, लमजुङ, कास्की, चितवन जिल्ला सँगै सम्पूर्ण नेपालको पर्यटन र साहसिक उद्योगलाई नयाँ दिशा दिनेछ । यसले स्थानीय व्यवसाय र समुदायलाई सशक्त बनाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास