आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत

Devghat Online

शेयर गरौ

तनहुँ । असार २६

आबुँखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बुद्धिराम बस्नेतको पदस्थापना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बस्नेतलाई आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापना गरेको हो ।

लोक सेवा आयोगको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका बस्नेतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी दिइएको हो।

वर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले उमेर हदले अनिवार्य अवकाश पाएसँगै बस्नेतलाई पदभार दिइएको गाउँपालिकाले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रअनुसार बस्नेतले छिट्टै कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले