सांसद भण्डारीद्वारा ऋषिङ वडा नम्बर ४ को भवन उद्घाटन

Devghat Online

शेयर गरौ

विबेक श्रेष्ठ । तनहुँ असार २९

ऋषिङ गाउँपालिका वडा नम्बर ४ भिरकोटको वडा कार्यालय भवनको प्रतिनिधि सभाका सांसद एवं पुर्व मन्त्री शंकर भण्डारीले आइतबार उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै सांसद भण्डारीले वडा कार्यालयको सुविधा सम्पन्न भवनबाट जनताले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष प्रेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद तथा पूर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आले, नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्उ पुष्प पराजुली, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ऋषिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाई लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले गरेकी थिइन् भने स्थानीय देवी श्रेष्ठ, बालविकास माविका विव्यस अध्यक्ष डम्बर बहादुर विक, नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्रीय सभापती इन्द्र बहादुर आले, पूर्व वडा अध्यक्ष भोजराज रानाभाट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा वडाका पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रमको सन्चालन वडा सचिव सन्दिप श्रेष्ठले गरेका थिए ।

२०७४ अघि नै एक तले भवन निर्माण भईसकेको उक्त वडा कार्यालयमा हालै गाउँपालिकाको २७ लाखको लगातमा माथिल्लो तला र कम्पाउण्ड वाल थप गरि भवनलाई पुर्ण बनाईएको हो । सो भवनको कुल लागत ६८ लाख पुगेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण