श्रीराम पौडेलको ‘आँख सन्काइ सन्काइ’ गित सार्वजनिक

Devghat Online

शेयर गरौ

काठमाडौं । असार २९
लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार बिहान युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका केसीले अभिनय तथा नृत्य गरेकी छन् ।

दीपक विनोद बाजुरेलेको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द दिपेन्द्र खड्का र संगीत नेत्र भण्डारीको हो । श्रीराम पौडेलको यो गायनका हिसाबले चौथो गीत हो । उनले यसअघि केही म्युजिक भिडिओमा अभिनय गरेका छन् ।

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशिलताले भोलिको भविष्य निर्माण गर्छ । त्यसैले गतिशिल जीवन जिउनुपर्छ भन्ने लाग्छ । अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले गीत संगीतको क्षेत्रमा काम गरेको हुँ ।’ ‘आँखा सन्काइ सन्का’ को भिडिओ निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले