श्रीराम पौडेलको ‘आँख सन्काइ सन्काइ’ गित सार्वजनिक

Devghat Online

शेयर गरौ

काठमाडौं । असार २९
लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार बिहान युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका केसीले अभिनय तथा नृत्य गरेकी छन् ।

दीपक विनोद बाजुरेलेको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द दिपेन्द्र खड्का र संगीत नेत्र भण्डारीको हो । श्रीराम पौडेलको यो गायनका हिसाबले चौथो गीत हो । उनले यसअघि केही म्युजिक भिडिओमा अभिनय गरेका छन् ।

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशिलताले भोलिको भविष्य निर्माण गर्छ । त्यसैले गतिशिल जीवन जिउनुपर्छ भन्ने लाग्छ । अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले गीत संगीतको क्षेत्रमा काम गरेको हुँ ।’ ‘आँखा सन्काइ सन्का’ को भिडिओ निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको