विभिन्न कार्यक्रम गरि भानु जयन्ती मनाईयो

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा भानु जन्मस्थल विकास समितिको आयोजनामा आइतबार भानुभक्तको जन्मस्थान तनहुँको चुँदी रम्घामा भानुजयन्ती कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रमको उद्घाटन गन्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । सो कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गन्डकी प्रदेशका सांसद अशोक श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं विभिन्न साहित्यकाहरुले भानुभक्तको महिमाको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा विभिन्न प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा साहित्यकारहरुले साहित्य वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ