देवघाट । असार २९
तनहुँको देवघाट गाउँपालिका–२ का मनिष मल्ल (बाबु ठकुरी) ले २० रोपनी जग्गामा कागती लगाएका छन् । उनले लगाएको कागती अहिले लटरम्म फलेका छन्, तर दुखको कुरा उनको बारीमा फलेको कागतीले बजार भने पाएको छैन ।



कागतीलाई बजारसम्म पु¥याउन मुस्किल भएको मल्लले बताए । स्थानीय स्तरमा कागती विक्री नहुने, कागती भएको बारीसम्म गाडी नपुग्ने र मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मुल्य धेरै पर्ने उनले बताए । त्यसमाथी बजारमा नेपाली कागतीको उचित मूल्य नै मल्लको दुखेसो छ ।

स्थानीय स्तरमा कागतीको बजार नभएपछि मल्ल बजार खोज्दै काठमाडौं पुगेका छन् । उनले काठमाडौंको कालिमाटी तरकारी बजार लगायत केही तरकारी बजारमा पुगेर व्यापारीहरुसँग कागतीको बारेमा कुरा गरेका छन् । गत वर्ष चितवन तथा तनहुँ सदरमुकाम दमौली र पोखरामा कागती विक्री गरेका उनले यसवर्ष चितवन, तनहुँ र पोखरामा बजार नपाएपछि काठमाडौं जानुपरेको बताए ।

उत्पादित गाडी रिर्जव गरेर कागती काठमाडौंसम्म पु¥याउँदा लागत धेरै पर्ने र त्यसले उत्पादन लागत पनि उठाउन कठिन हुने मल्लले बताए । ३० केजी भन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिइने मल्लले बताए ।
गाउँपालिकाले नै कागतीको बजार खोज्दिने हो भने ठुलो राहत हुने उनले बताए । आफुले गाउँमै कागती फलाएर बजारको खोजी गर्दा समेत स्थानीय तहबाट कुनै सोधीखोजी नभएको मल्लले गुनासो गरे । गाउँपालिकाको तर्फबाट अहिलेसम्म आफुलाई यसबारेमा कुनै सोधखोज नभएको मल्लले बताए ।
हावाहुरीको असर कागती उत्पादनमा कमी

गत जेठ १ र २ गते आएको ठुलो मल्लको कागती खेतीमा ठुलो क्षती पु¥याएको थियो । ‘देशमै केही गरौ भन्ने सोच लिएर करिव ७ वर्ष अगाडि देखि कागती खेती गर्दै आएको थिएँ, मल्लले भने ‘हावाहुरीले ठुलो क्षती बनायो ।’ मल्लले करिव २० रोपनी जमिनमा ५०० बोट भन्दा माथि कागती खेती गरेका थिए । हावाहुरी र पानीले ५० भन्दा माथि बोटहरुमा क्षती पु¥याएको मल्लले बताए । हावाहुरीको कारण यसवर्ष गत वर्ष भन्दा कम कागती उत्पादन भएको मल्लले बताए ।
बर्षाैं मेहनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षती पु¥याउँदै आएको मल्लले बताए । यस्तो घटनाले देशमै केही गर्छौ भन्ने युवाहरु निराश पार्ने मल्लले बताए । हावाहुरीले हरेक वर्ष ४०÷५० वटा बोटहरु नष्ट गरेको र सो नष्ट गरेको खर्चको मूल्य ३÷४ लाख भएपनि राहत भने १०÷१५ हजार मात्र पाएको उनले बताए ।












