भिमाद नगरपालिकाले निर्माण गरेको ट्रेस पुलको उद्घाटन

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

भिमाद नगरपालिकाले वडा नम्बर ३ स्थित बुडुवा खोलामा निर्माण गरेको ट्रेल ट्रस पुल निर्माण सम्पन्न भई शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पाइल फाउन्डेसन सहितको छोटो–स्प्यान ट्रेल ट्रस ब्रिज निर्माण कार्य एक महिनाअघि सुरु गरिएको थियो, जुन निर्धारित समयमै सम्पन्न भएको हो ।

४० लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सोमबार भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीले उद्घाटन गरे । उदटन कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

लामो समयदेखि पुल अभावका कारण खोलापारि ओहोरदोहोर गर्न समस्या भोग्दै आएका स्थानीयवासीहरू अब सहज रूपमा आवतजावत गर्न पाउने भएका छन् । उक्त पुल आस्था निर्माण सेवा, सुनसरीले निर्माण गरेको हो । निर्माण सेवाका व्यवस्थापक कुशल लिम्बुले पुलको निर्माण कार्यको नेतृत्व गरेका थिए ।

स्थानीयवासीहरूले पुल निर्माण भएपछि आवागमनमा सहजता आएको बताउँदै निर्माणमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको