सीता सामुदायिक वन समुहद्वारा वित्तिय साक्षरता तालिम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ३१

देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समुहले समुहका सदस्यहरुलाई वित्तिय साक्षरता तालिम सन्चालन गरेको छ । गरिबी निवारण कार्यक्रम अन्तर्गत समुहका सदस्यहरुकोलागि आयोजित उक्त दुई दिने वित्तिय साक्षरता तालिमको मंगलबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले पछिल्लो समयमा देवघाटको सामुदायिक वनहरुले विभिन्न उपभोक्ताहरुले प्रतक्ष्य लाभ लिन सकिने कामहरु गर्दै आएको बताए । उपभोक्ताहरुको आम्दानीलाई कसरी सञ्चालन गर्ने र त्यसबाट कसरी उत्पादन लिन सकिने भन्ने विषय वित्तिय साक्षरताको क्रममा सिकाइने हँुँदा तालिममा सबैले जिम्मेबार र लगनशिल भएर सिक्नुपर्ने अध्यक्ष थापाले बताए । सीता सामुदायिक वनले त्रिशुली नदिको छेउमा सेती भतेरीमा नमुना पार्क बनाउन थालेको र सो पार्कले पछिल्लो समयमा आम्दानी लिन थालेको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा सव डिभिजन वन कार्यलयका प्रमुख कृष्ण प्रसाद भट्टले वनको आम्दानीको तीस प्रतिशत सामाजिक काममा लगाउन सकिने बताए । सामुदायिक वन भित्रका उपभोक्ताहरुमा विपन्न र सम्पन्न वर्गहरुमा वर्गिकरण गरि विपन्न वर्गहरुलाई आर्थिक पाटो सुधार गर्न सामुदायिक वनले लगानी गर्न सक्ने भट्टले बताए ।

सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा सदस्य बुद्धि वहादुर पाण्डेले सीता सामुदायिक वनले पछिल्लो समयमा राम्रो कार्यक्रम गरि उपभोक्तालाई लाभ दिएको बताए । रानिवन सामुदायिक वनका सचिव इन्द्रा माया थापाले महिला शसक्तिकरण कार्यक्रमहरु गर्दै वनका उपभोक्ताहरुलाइ सचेतना गर्दै आर्थिक अबस्थाहरुमा सुधार गर्दै जानुपर्ने बताइन् ।

सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेले गरिबी निवारण अन्तर्गत समुहका विपन्न नागरिकलाई पन्ध्र वटा खाट वितरण गर्ने जानकारी दिए । वन समुहका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन वन समुहकी सचिव एलिजा अधिकारी क्षेत्रीले र स्वागत मन्तव्य उपाध्यक्ष राधा देवी खनालले गरेकी थिइन् ।

उक्त कार्यक्रम अन्तर्गत तालिमको समापनको क्रममा बुधबार खाट वितरण गरिने अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा