भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

भानु नगरपालिकाले वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरेको छ । नगरपालिकाको १६ औं अधिवेशनको तेस्रो बैठकले आर्थिक वर्ष २०८२÷०८३ को लागि नगरपालिकाले ९२ करोड ४ लाख ३ हजर ७ सय १५ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

नगरपालिकाले सबैभन्दा बढी प्राथमिकता पूर्वाधार र शिक्षा क्षेत्रलाई दिएको छ । पूर्वाधार तर्फ नगर स्तरीय क्रमागत ४ करोड ४३ लाख ८२ हजार ४ सय ४५ रुपैंया, वडागत तथा नगर उप–प्रमुख कार्यक्रममा ७ करोड ७० लाख, शिक्षा, युवा तथा खेलकूद शाखाका लागि ३ करोड ३३ लाखको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । स्वास्थ्य क्षेत्रका लागि ८५ लाख, सामाजिक बिकास शाखाको लागि ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास शाखाको लागि ४५ लाख, कृषि शाखाको लागि ३० लाख, न्यायीक शाखाको लागि १८ लाख ४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेको उप–प्रमुख उमा गोतामेले बताइन् ।

गत असार ५ गते शुरू भएको १६ औं नगर सभाको तेस्रो बैठक मंगलबार भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा फुस्रेटारमा सम्पन्न भएको हो । वडाका चालु र पूँजीगत योजनाहरु, विषयगत शाखाको बजेटहरु प्रस्तुत भएको छ भने स्वास्थ्यमा विमा कार्यक्रम शिक्षामा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम, स्थानीय पाठ्यक्रम (हाम्रो भानु) पुस्तक, शैक्षिक प्रद्वर्शनी, कक्षा ६ का विद्यार्थीलाई रु.२० का दरले दिवा खाजा कार्यक्रम, विविएस प्रोत्साहन कार्यक्रम, कृषि तर्फ भूमि बैंक कार्यक्रम एवं न्यायिक शाखाको इजलास स्थापन एवम् कृषिमा गण्डकी प्रदेश सरकारसँग कृषि नव प्रवद्र्धन कार्यक्रम अन्तरगत भानु नगरपालिकाले आगामी आर्थिक वर्षमा गुन्द्रुक, तोरी र निबुवाको पकेट क्षेत्र, उत्पादन तथा ब्रान्डिङको कार्यक्रमका साथ आगामी आर्थिक वर्षमा कृषि एम्बुलेन्सको खरीद गरि भानुमा उत्पादन भएको कृषि उपजलाई संकलन तथा बजारीकरणको व्यवस्थापनको लागि नगरपालिकाले आ.व. ०८२/०८३ को बजेटमा समावेश गरिएको छ ।

त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को असार ३१ सम्ममा २ करोड २७ लाख १० हजार ४ सय ४१ रुपैयाँ राजश्व संकलन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए । नगरपालिकाका नागरिकको आवश्यकताको आधारमा साथै नगरबासीको स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, धार्मिक, साँस्कृतिक, पर्यटन लगाएतका क्षेत्रलाई समेत महत्व दिएर बजेट विनियोजन गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । साथै उनले भानु नगरपालिकाको वडा नम्बर २ को केन्द्र नारेश्वरटारमा कायम गर्ने, वडा नम्बर १ र ५ को विषयमा छिट्टै सहमति हुने र नगरपालिकाको केन्द्रको टुँगो पनि छिटोभन्दा छिटो टुङ्याउने गरि छलफललाई तिब्र पारिएको पनि नगर सभामा जानकारी दिए ।

यसैबीच नगरपालिकाका ४ जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाका गतिविधिमा उत्कृष्ट कार्य गरे वापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा शिक्षा, युवा तथा खेलकूद शाखाकी सरस्वती गुरुङ ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मी, वडा नम्बर ११ का वडा सचिव मदन घर्ती र सवारी चालक सुशील सार्की रहेका छन् । उनीहरुलाई १६ औं नगरसभाको तेस्रो बैठकमा सम्मानित गरिएको नगरपालिकाले जनाएको छ ।

सुशासन समितिले विविध मापदण्ड एवम् छनौट प्रणालीको विधि बमोजिम नगरपालिकाका उत्कृष्ट ४ कर्मचारीलाई सम्मान गर्न सिफारिस गरिएको समितिका अध्यक्ष एवं भानु ७ का वडा अध्यक्ष खुमबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई