देवघाट कलेज सन्चालनको लागि वोलवम मेलामा सहयोग संकलन गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

देवघाटमा सन्चालन गर्न लागिएको देवघाट कलेजको सहयोगको लागि देवघाटमा आजबाट सुरु हुन लागेको साउने बोलवम मेलामा आर्थिक सहयोग संकलन गरिने भएको छ ।

कलेज सन्चालनको लागि आर्थिक समस्या परेको हुँदा देवघाटमा साउन महिनाको सोमवार लाग्ने बोलबम मेलामा आर्थिक संकलन गर्न लागिएको देवघाट कलेज सञ्चालन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सो अभियानमा सहयोगको लागि राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा देवघाटमा कलेज सन्चालन हुनपर्छ भन्ने मानिसकता र सोच भएको सम्पुर्ण शुभचिन्तकलाई आर्थिक संकलन अभियानमा जोडिन श्रेष्ठले अनुरोध गरेका छन् ।

आर्थिक संकलन अभियान साउन महिनाको प्रत्येक सोमबार विहान ५ बजेदेखी गलेश्वर आश्रम परिसर नजिकै हुने डा.श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले