सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत गौ–संरक्षण केन्द्रमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

सगरमाथा वृक्षारोपण महाअभियान २०२५–२०४५ को अवसरमा डिभिजन वन कार्यालय तनहुँ र गौ संरक्षण केन्द्र, व्यास १० तनहुँको संयुक्त आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वय तथा व्यास नपा र भू–तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँको सहकार्यमा व्यास नपा–१० गौ संरक्षण केन्द्रमा वृहत वृक्षारोपण कार्यक्रम गरियो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले बृक्षारोपणको महत्वको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शरद कुमार अधिकारीले सगरमाथा वृक्षारोपण महाअभियानको बारेमा जानकारी गराएका थिए ।

गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसी प्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष सापकोटाले रोपिएका विरूवाहरूको संरक्षण तथा हुर्काउने प्रतिवद्धता जनाएका थिए । डिभिजन वन कार्यालय तनहूँका वन अधिकृत काशीराज पण्डितले सन्चालन गरेको उक्त वृक्षरोपण कार्यमा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, सव डिभिजन वन कार्यलय, व्यासका वन अधिकृत मदन सुवेदी लगायत डिभिजन वन कार्यलय, तनहूँ अन्तर्गतका वन अधिकृत सहितका कर्मचारीहरू, भू–तथा जलाधार व्यवस्थापन कार्यालय, तनहूँका कर्मचारीहरू र गौ संरक्षण केन्द्रका पदाधिकारी, सदस्यहरू लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उक्त स्थानमा राईखन्यु, कोईरालो, टाँकी, निमारो लगायत करिव ४ सय गोटा बिरुवा रोपण गरिएको थियो । यसअघि २०८२ आषाढमा डिभिजन वन कार्यालय, तनहूँको आर्थिक तथा प्राविधिक सहयोगमा मादी नदी तटमा १२० गोटा बाँस र ३ हजार अम्रिसो सेट रोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र