म्याग्दे गाउँपालिकाले यस वर्ष पनि घर बनाई विपन्न नागरिकलाई हस्तान्तरण गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

म्याग्दे गाउँपालिकाले यस आर्थिक वर्षमा पनि आवास निर्माण गरि विपन्न नागरिकलाई हस्तान्तरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विषेश अनुदान योजना अन्तर्गत यस आर्थिक वर्षमा अधिकतम १२ जना आर्थिक रुपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्ने भएको छ ।

नमुना आवास कार्यक्रम अन्तर्गत अधिकतम १२ वटा घर निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाका वडा १ देखि वडा ७ मा रहेका लक्षित गाउँपालिकाको आर्थिक विपन्न बर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि–२०८० को दफा (३) अनुरुप मापदण्ड तथा सुची भित्र पर्ने स्थानीय नागरिकलाई घर बनाएर हस्तान्रतण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

नमुना आवास निर्माण गर्ने प्रयोजनार्थ गाउँपालिकाले सोमबार सुचना प्रकाशित गरेको छ । मापदण्डमा परेका विपन्न नागरिकले साउन २७ गते भित्र रितपुर्वक गाउँपालिकामा निबेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

निबेदनमा जग्गाधनी प्रमाण पूर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस संलग्न गर्नुपर्ने सुचनामा उल्लेख छ । नयाँ आवास पाउने नागरिकको मापदण्ड भित्र सामान्य प्रकृतिका श्रम (दैनिक जिविकोपार्जन गर्ने तथा कृषिमा आधारित) बाहेक परिवार सदस्यमा कोहि स्थाई रोजगार तथा दिगो आयश्रोत नभएको वा अति गरिव तथा न्युन वर्गमा पर्नुपर्नेछ । त्यस्तै विगत आर्थिक वर्ष ०८१÷०८२ मा निवेदन दर्ता गरि छनौटमा नपरेका व्यक्तीले  पनी पुन आवेदन गनुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

म्याग्दे गाउँपालिकाले गत वर्ष ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको थियो । वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गरि लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो ।

म्याग्देका ७ वटै वडाबाट छानिएका अति विपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारहरूलाई लक्षित गर्दै यो आवास कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर प्रदान गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले १० वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । आफु निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछौं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको पनि श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपालको संविधानमा आवासको हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको हुँदा नागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको गाउँपालिकाले उक्त आवसको हक कार्यान्वयन गर्न गाउँपालिकाका विपन्न तथा आवास विहिन नागरिकलाई आवास हस्तान्तरण गरिएको बताए । आफु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए लगत्तै पाँच वर्ष भित्र ६० वटा घर निर्माण गरि विपन्न नागरिकलाई हस्तान्तरण गर्ने घोषणा गरेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठ उक्त प्रतिबद्धता अनुसार गत आर्थिक वर्षमा ४८ वटा र यस आर्थिक वर्षमा थप १२ वटा गरि कुल ६० वटा घर तिन वर्ष भित्रैमा हस्तान्तरण गरि आफ्नो प्रतिबद्धता पुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका