पत्रकार श्रेष्ठलाई नगद १० हजार सहित सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

म्याग्दे गाउँपालिकाले पत्रकार राजकुमार श्रेष्ठ विविलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोमबार आयोजित आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजानिक एवं समिक्षा कार्यक्रममा गाउँपालिकाले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

गाउँपालिकाको गतिविधि तथा समाचारलाई नियमित रुपमा सन्चार माध्यममा सम्प्रेषण गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्ले, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पत्रकार श्रेष्ठलाई सम्मान गरेका थिए ।

श्रेष्ठ प्रेस चौतारी तनहुँका अध्यक्ष तथा विश्वभुमी अनलाइनका सन्चालक तथा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले