म्याग्दे गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ मुख्य लक्ष्य

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । सोमबार गाउँपालिकाको सभाहल ठुलो बगैंचा बेल्टारमा जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरि गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक गरिएको हो ।

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रममा दोश्रो आवधिक योजनाको दिर्घकालिन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोट सहित गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिएको छ ।

गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको कार्यकालमा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को अभियान सन्चालन गर्ने तथा खर्च कटौतीको लागि अनावश्यक चालु खर्च नियन्त्रण, सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, अनावश्यक सामाग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने बताए ।
यसैगरि गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ को लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको बजेट पारित गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष ०८२/०८३ को खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार हुने अनुमान गरिएको छ ।

त्यसैगरि राष्ट्रपति शैक्षिक सुधार तथा अन्य अनुमान ९० लाख, सडक बोर्डको आम्दानी २३ लाख र आन्तरिक आय तर्फ ११ करोड २५ लाख ५५ हजार, संघको समपुरक १ करोड २० लाख, संघको विशेष अनुदान ९० लाख, सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने १३ करोड ५० लाख, प्रदेशको समपुरक अनुदान ६० लाख, प्रदेशको विशेष अनुदान ४० लाख, नागरिकबाट जम्मा हुने नगद साझेदारी रकम १ करोड ७० लाख हुने अनुमान गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेले तनहुँका पालिका मध्येमा म्याग्दे सबैभन्दा उत्कृष्ट रहेको बताए । उत्कृष्ट जनप्रतिनिधि, कुशल प्रशासक र मेहनेती कर्मचारीको कारण म्याग्देले यो सफलता प्राप्त गरेको जिसस प्रमुख वाग्लेले बताए । अन्यपालिकाले म्याग्देको सिको गर्नुपर्ने उनले बताए । नेपालका ६ वटा स्थानीय तहले मात्र सन्चालन गरेको सामाजिक सुरक्षाकोषको कार्यक्रम तनहुँमा म्याग्देले मात्रै सन्चालन गरेको भन्दै उनले यो कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिक वर्गलाई राहत पुग्ने बताए । भौतिक विकासको गति निकै राम्रो भएको भन्दै वाग्लेले अव शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक क्षेत्र र युवालाई रोजगारीको लागि काम गर्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरि दिगो विकासको लक्ष्य हाँसिल गर्न आफ्नो पालिकाको योजनाबद्ध आवधिक र दिर्घकालिन योजना तर्जुमा गरि सोही अनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता रहेको अध्यक्ष बताए । अध्यक्ष श्रेष्ठले समाजबाद उन्मुख संविधान कार्यान्वयन गरिएको भन्दै विपन्न नागरिकलाई आवास, अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुती, गाउँघरमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखिएको बताए ।

अध्यक्ष श्रेष्ठले कसैलाई पनि काखा र पाखा र भेदभाव नगरिकन तथा राजनीतिक पुर्वाग्रह नलिईकन सबै वडामा समानरुपमा बजेट बाँडफाँड गरिएको बताए । तल्लो वर्ग र पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अध्यक्ष श्रेष्ठले समृद्ध म्याग्दे बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रम बजेट र कानुनहरु सबै जनताले अध्ययन गर्नुपर्ने बताए । बाहिर आलोचना गर्नुभन्दा पनि सुझावहरु दिनुपर्ने भन्दै उनले सबैको भावना समेटेर काम गर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रममा गाउँपालिकाकी निवर्तमान अध्यक्ष माया देवी रानाले कसैलाई पनि भेदभाव नगरिकन काम गर्न सुझाव दिइन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले नीति तथा कार्यक्रम र बजेट एवं गत आवको प्रगति समिक्षा प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षा, सामाजिक संरक्षण, सामाजिक न्याय, सामाजिक समावेशीकरण तथा गरिवी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने मुख्य प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिईएको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य डोलबहादुर सुनार, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट, कार्यपालिका सदस्य चिनिमाय थापा, पुर्व वडा अध्यक्षहरुको तर्फबाट पदमराज वाग्ले, नेपाली काँग्रेसका गाउँ सभापती रामभक्त घिमिरे, नेकपा एमालेका अध्यक्ष द्वारिकानाथ घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक मनोज अधिकारी, नेकपा एकिकृत समाजबादीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेकपा मसालका अध्यक्ष नरबहादुर थापा लगायतले शुभकमना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत श्रीराम खनालले गरेका थिए ।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुको तर्फबाट सुचना प्रविधि शाखाका प्रमुख आकाश गुरुङ, थर्पु आधारभुत अस्पतालक जनस्वास्थ्य निरिक्षक सक्षम घिमिरे, वडा नम्बर ६ की वडा सचिव संगिता बगाले, वडा नम्बर ७ की सामाजिक परिचालक अनिता वाग्ले, नगर प्रहरी कमाण्डर चन्द्रकुमार श्रेष्ठ, पशुसेवा प्राविधिक रचना घिमिरे, सवारी चालक टेकनारयण श्रेष्ठ, कार्यालय सहयोगी बिना श्रेष्ठ, बैकिङ सेवा तर्फ लक्ष्मी सनराईज बैंक र मेगा इन्भेष्टमेन्ट बैंक, निर्माण व्यवसायी तर्फ भविष्य कन्ट्रक्सन निर्माण सेवाका प्रोपाईटर बलराम सिवाकोटी तथा सात वटै वडाका एक÷एक वटा उपभोक्ता समिति र एक÷एक वटा टोल विकास संस्थालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय