वाइसीएल देवघाटद्वारा देवघाटको धार्मिक क्षेत्रमा सरसफाई

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन १३

नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) देवघाट गाउँ कमिटिले देवघाट स्थित त्रिशुली र कालीगन्डकी नदीको किनार तथा देवघाटको धार्मिक क्षेत्रमा सरसफाई गरेको छ ।

हाम्रो देवघाट, राम्रो देवघाट भन्ने मुल नाराका साथ मंगलबार बिहान वाइसीएल देवघाटमा आवद्ध युवाहरुले देवघाटको पुलको मुखदेखी बोलवम मेला लाग्ने बेणी संगम क्षेत्रसम्म सरसफाई गरेका थिए । ‘श्रम तथा उत्पादनमा वाइसिइल अभियान’ अन्तर्गत साउनको सोमबार लाग्ने बोलबल मेलामा निस्केको फोहोरहरुलाई सरसफाई गरिएको वाईसीएल देवघाटका अध्यक्ष योगेन्द्र गुरुङले बताए ।

उक्त सरसफाई कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवन सिं गुरुङको विशेष उपस्थिति तथा नेकपा माओवादी केन्द्र र वाइसीएलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता