जिल्ला प्रशासन कार्यालय तनहुँमा १४६७ गुनासा, सबै गुनासा फर्छयौट

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

जिल्ला प्रशासन कार्यालय तनहुँमा एक वर्षको अवधिका १ हजार ४६७ गुनासो दर्ता भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा नागरिकहरुले विभिन्न माध्यमबाट १४६७ वटा गुनासो दर्ता गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै गुनासो नागरिक एप मार्फत आएको छ । नागरिक एप मार्फत ११ सय वटा, विभिन्न माध्यम मार्फत २१८, निबेदन मार्फत १२२, क्युआर कोड मार्फत १४ र हेल्लो सरकार मार्फत १३ वटा गुनासो दर्ता भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । ति सबै गुनासाहरु सम्बोधन गरिएको प्रजिअ अधिकारीले बताए ।

कार्यालय प्राप्त भएका सबै गुनासोको सम्बोधन गरिएको भन्दै प्रजिअ अधिकारीले भने ‘सेवाग्राहीलाई सूशासनको प्रत्याभूति होस् भनेर गुनासोको तुरुन्त सम्बोधन गरेर फर्छयौट गरेका छौं ।’ सेवाग्राहीलाई सरल र सहज ढंगले सेवा प्रवाह गरिरहेको भन्दै प्रजिअ अधिकारीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न लगाईएको बताए ।

कार्यालयमा भिड बढी भएको समयमा विहान ७ बजे देखि नै सञ्चालन गरि सेवा प्रदान गरिएको उनले बताए । कार्यालय साँघुरो भएकोले सेवाग्राहीहरु कार्यालयको सिंढीमा र पेटीमा बस्न बाध्य भएकोले तनहुँ जलविद्युत अयोजनाको सहयोगमा सेवाग्राहीलाई पालो पर्खने स्थानको व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता