ट्रमा सेन्टर निर्माणको लागि आबुँखैरेनीमा जग्गा प्राप्ती

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

आबुँखैरेनी गाउँपालिकामा ट्रमा सेन्टरको लागि जग्गा प्राप्ती भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असार १० गतेको निर्णय अनुसार आँबुखैरेनी गाउँपालिका, वडा नम्बर १ मा पर्ने सार्वजनिक गौचर जग्गा आँबुखैरेनी गाउँपालिकाले ट्रमा अस्पताल (१५ शैया) निर्माणको प्रयोजनका लागि प्रयोग गर्ने भोक अधिकार प्रमाणपत्र पाएको छ ।

अमिन सरोज अधिकारीको निरन्तर सहयोग र सरल समन्वयले जग्गा विवरण नापी तथा अभिलेखिकरण प्रक्रियामा उल्लेखनीय सहजता भएको आबुँखैरेनी गाउँपालिकाले जनाएको छ ।

जग्गा प्राप्ती पछि बजेटको सुनिश्चित गरेर ट्रमा सेन्टर निर्माणको प्रक्रिया सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको