जिल्ला प्रशासन कार्यालयले उठायो ७ करोड ७६ लाख राजश्व

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १४

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ७ करोड ७६ लाख १० हजार ९६२ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासनले सबैभन्दा धेरै राहदानी दस्तुर वापत ७ करोड ३९ लाख ५ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरि संघ संस्था दर्ता तथा नविकरण वापत १३ लाख ७५ हजार ६५० रुपैयाँ, न्यायिक दण्ड जरिवाना वापत १२ लाख ३१ हजार ४०७, हातहतियार नामसारी र नविकरण वापत ८ लाख ३९ हजार ३७५ र सरकारी सम्पत्ती वहाल वापत ७१ लख ३५ हजार ९३० रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरि प्रशासनीक दण्ड जरिवाना र जफत वापत ५५ हजार, बेरुजु दाखिला वापत ३२ हजार, अन्य प्रशासनीक शुल्क १९ हजार ५ सय र परिक्षा शुल्क वापत १७ हजार १ सय रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय राजश्व संकलन गर्ने कार्यालय नभएपनि सेवा सम्पादनको क्रममा उक्त राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । प्रजिअ अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय शुन्य बेरुजु भएको कार्यालय रहेको छ ।

त्यस्तै बजार अनुगमनको क्रममा ५५ हजार जरिवाना गरिएको छ भने बजार अनुगमनको क्रममा १ लाख ८ हजार ३० रुपैयाँ बराबरको म्याद सकिएको सामाग्री नष्ट गरिएको छ ।

प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १३ जना विपद पीडितलाई १३ लाख ८० हजार रुपैयाँ वितरण गरेको छ । जसमा संघबाट प्राप्त राहत रकम १२ लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त १ लाख ५० हजार रुपैयाँ पीडितहरुलाई वितरण गरेको छ । त्यसैगरि ११ जना बैदेशिक रोजगार सम्बन्धि पीडितलाई २ करोड २६ लाख २८ हजार ७७३ रुपैयाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु

म्याग्दे गाउँपालिकाले दियो ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मा बिदा

तनहुँ । जेठ १४ म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनः रवि र बालेनले पाए क्लिन चिट, रास्वपाका १५ जना सांसदलाई कारवाहीको सिफारिश

काठमाडौं । जेठ १३ जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।