देवघाट धर्मार्थ अस्पतालबाट गत वर्ष १० हजार २८५ जनाले सेवा लिए

Devghat Online

शेयर गरौ

देवघाट । साउन १४

देवघाट गाउँपालिका–५ स्थित देवघाट धर्मार्थ अस्पतालमा गत आर्थिक वर्ष २०८१/०८२ मा १० हजार २८५ जनाले सेवा लिएका छन् । जसमा महिला ५४८१ र पुरुष ४८०४ जना रहेका छन् । उक्त संख्या मध्ये पहिलो पटक सेवा लिनेको संख्या २६४८ महिला र २६८५ जना गरि कुल ५३३३ रहेको छ ।

अस्पतालका सेवाग्राही मध्ये बहिरंग तर्फ १७६९ महिला र २०४९ पुरुष गरि ३ हजार ८१८ जना र आकस्मिक सेवा तर्फ ६३१२ जना रहेका छन् । बालरोग तर्फ २८५ जनाले सेवा लिएका छन् । नियमित खोप सेवा तर्फ ५८६ र गाउँघर क्लिनिकको सेवावाट १५३८, पुर्ण खोप पाएका बालबालिकाको संख्या ७५, एचपिभि खोप पाएका बालकालिकाको संख्या २५५ जना रहेका छन् ।

त्यसैगरि भिटामिन ए र जुकाको औषधी खाएका बालबालिकाको संख्या ८०३, भिटामिन ए र जुकाको औषधी खाएका छात्र छात्राको संख्या ३७१२, ४ पटक गर्भवती जाँच गर्नेको संख्या ७९ र ८ पटक गर्भवती जाँच गर्नेको संख्या ७२, सुत्केरी सेवा लिनेको संख्या ३२ र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ५ रहेको छ ।

गत आ.वमा पहिचान भएका क्षयरोगीको संख्या ७, महिला स्वास्थ्य स्वयं सेविकाबाट लिएको सेवा २३७०, पाठेघरको मुखको क्यान्सर पहिचान सेवा लिनेको संख्या ५९, स्तन क्यान्सर पहिचान सेवा ५९, आङ खस्ने परिक्षण सेवा लिनेको संख्या २१ तथा नसर्ने रोग तर्फ उच्च रक्तचाप तर्फ १५९०, मधुमेह तर्फ ४३१ र कुष्ठरोगीको संख्या १ जना रहेको छ । प्रयोगशालाबाट प्रदान गरिएको सेवा १९४८ जनालाई दिईएको देवघाट धर्मार्थ अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता