सदरमुकाम दमौलीबाट ऋषिङको सामाजिक सुरक्षा भत्ता नविकरण

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, साउन १५

धेरै लाभग्राही सदरमुकाम दमौलीमा बसेपछि ऋषिङ्ग गाँउँपालिका वडा नम्बर ३ दमौलीमा आएर सामाजिक सुरक्षा परिचयपत्र नविकरण गरिएको छ। विहिबार वडा अध्यक्ष भिमबहादुर थापा सहित जनप्रतिनिधि र कर्मचारीहरु दमौली आएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गरेका हुन्

वडा नम्बर ३ का ३५० लाभग्राही मध्ये करिब सय जना दमौलीमा बस्छन् । त्यसबाहेक पोखरा, काठमाडौं, स्याङजा, चितवन, हेटौंडा, नवलपुर तथा देशका अन्य स्थानमा बस्दै आएका लाभग्राहीको संख्या पनि उत्तिनै छ । दमौली सहित पोखरा, काठमाडौं, स्याङजा, चितवन, हेटौंडा, नवलपुर तथा देशका अन्य स्थानमा बस्ने लाभग्राहीको सुविधाको लागि सदरमुकाम आएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गरिएको वडा अध्यक्ष थापाले बताए ।

गत साउन ९ गतेदेखी १३ गतेसम्म वडाका १३ वटै टोलमा पालैपालो पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गरिएको र धेरै लाभग्राही वडा भन्दा बाहिर रहेको कारण सदरमुकामा आएर एक दिन सेवा दिईएको वडा अध्यक्ष थापाले बताए । दमौलीमा परिचयपत्र नविकरण गर्ने बारेमा यस अघि नै सुचना जारी गरिसकिएको उनले बताए ।

यातयात तथा अन्य कारणले आफुहरु परिचयपत्र लिन सम्बन्धित टोलमा पुग्न नसक्दा वडाले सदरमुकाममै आएर सेवा उपलब्ध गराउँदा निकै खुसी लागेको एक लाभग्राहीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता