बन्दीपुर–१ का एक जनामा मलेरिया पुष्टि

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

बन्दीपुर गाउँपालिका–१ का एक जनामा मलेरिया पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा बन्दीपुर गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको मलेरिया रोगको सम्पर्क परिक्षण कार्यक्रममा बेलभन्ज्याङका एक सर्वसाधरणमा मलेरिया पुष्टि भएको हो ।

उक्त अवसरमा डेंगि रोगको रोकथामको बारेमा पनि सचेतना कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा डेंगी तथा मलेरियाबाट बच्ने उपायको बारेमा पनि सचेतना गरिएको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख किरणकुमार श्रेष्ठले बताए ।

सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले पनि डेंगी तथा मलेरिया रोगको रोकथाम र बच्ने उपायहरु अबलम्बन गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक