भानुमतीको अकबरे खुर्सानीको माग बढ्दो

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

भिमाद नगरपालिका–९ भानुमतीमा पहिलो पटक लगाईएको अकबरे खुर्सानीको मागयती बेला बढ्दै गएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम भानुमतीमा पहिलो पटक गरिएको अकबरे खुर्सानी खेती सफल भएपछि खुर्सानीको माग बढ्दै गएको हो ।

भिमाद नगरपालिका–९ का ८ वटा टोल विकास संस्थामार्फत करिब ५० हजार बोट अकबरे खुर्सानी लगाइएको हो । हालसम्म २५ सय किलो खुर्सानी विक्री गरिसकेको र अझै विभिन्न स्थानबाट ३ सय क्विन्टल खुर्सानी माग भएको नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष समेत रहेका कृषक ईमान बहादुर थापाले बताए ।

पहिलोपटक परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित भएको थापाले बताए । भिमाद नगरपालिकाले बिउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान दिएको थापाले बताए । थापाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए किसानहरूलाई झनै सहज हुने थापाले बताए ।

भानुमती नमुना कृषि गाउँका अध्यक्ष रण बहादुर गुरुङले पोखरा, काठमाडौँ, चितवन जस्ता सहरबाट अकबरे खुर्सानीको माग उच्च भइरहेको बताए । उक्त खेतीबाट कृषकहरुले बार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य रहेको थापाले बताए । खुर्सानी विक्रीबाट वार्षिक ६ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।

उत्पादन भएको खुर्सानी पोखरा, भिमाद खैरेनीटारका बजारहरुमा विक्रि गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी ३ सय देखी ५ सय रुपैँया थोक मुल्य रहेको छ । खुर्सानीको विरुवा उत्पादनका लागि वडा नम्बर ९ ले १ लाख रुपैयाँ अनुदान दिएको भानुमति कृषक समुहका अध्यक्ष समेत रहेका थापाले बताए ।

वडा नम्बर ९ को ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसगै कफी खेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

खुर्सानी खेतीको अवलोकन गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री किरण गुरुङ, भिमाद नगरप्रमुख दधिराज सुवेदी, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, एमाले भिमाद नगर कमिटी अध्यक्ष ईमान बहादुर थापा, कांग्रेस भिमाद नगर सभापति अरविन श्रेष्ठ, माओवादी भिमाद अध्यक्ष अमृत सिग्देल लगायतको टोली स्थलगत भ्रमणमा पुगेको थियो ।

पूर्वमन्त्री गुरुङले अकबरे खुर्सानी खेतीबाट किसानमा देखिएको उत्साहलाई सकारात्मक संकेत बताउँदै भने, ‘सरकारले नीति बनाउने मात्रै होइन, कार्यान्वयनमा समेत गम्भीर भएर लाग्नुपर्छ, यस्ता परियोजनाले गाउँमै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीको चाप घटाउन सक्छ ।’

यस्तै नगरप्रमुख दधिराज सुवेदीले भने, ‘हाम्रो नगरको समृद्धिको मूल आधार कृषि हो । यस प्रकारको सफल खेतीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ र किसानलाई आर्थिक रूपमा सशक्त बनाउँछ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गरिनेछ ।’

तश्विरः समर रानाभाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा