संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रः सबै प्रकारका गुनासा सम्बोधन गर्ने इकाई

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा कार्य सन्चालन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले भन्नुभएको छ ‘नागरिकको गुनासो सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ ।’ मन्त्री न्यौपानेले गत साउन ८ गते उक्त कार्य सन्चालनको शुभारम्भ गर्नुभएको थियो ।

गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ । गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ । गुनासो व्यवस्थापन केन्द्रले गुनासाहरुको संकलन, बर्गीकरण र सम्बोधन गर्नेछ । गुनासो व्यवस्थापन केन्द्रमा रहने कर्मचारीहरुले सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी गुनासोको वर्गीकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाउनेछ ।

कुनै निर्धारित विधि र प्रक्रिया पुरा गर्नु नपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । गुनासो केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासो भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ । शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकता अनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ ।

नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको वैठकमा छलफल गरी निर्णय भए बमोजिम माननीय मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको ब्यहोरा अनुरोध छ ।

केन्द्र सन्चालनको भएको छोटो अवधिमा मन्त्रालयसँग सम्बन्धित १ सय भन्दा बढि गुनासो प्राप्त भईसकेको र त्यस मध्ये केही तत्काल समाधान भईसकेको र बाँकी क्रमशः फस्र्यौट गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

गुनासो व्यवस्थापन केन्द्रमा गुनासो सहजकर्ताहरु उपसचिव भुपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली रहेका छन् । गुनासो पठाउनको लागी इमेल gunaso@mofaga.gov.np तथा ह्वाट्सएप फोन नम्बर ९८५१२७७२११/९८५१२७७२१० मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माघे संक्रान्ति मेलाः देवघाटका संघ संस्थाको चन्दा संकलन गर्ने उपयुक्त थलो

देवघाट । माघ १ देवघाट गाउँपालिका–५ कालिमाटीमा निर्माणाधिन भर्जन कालिका मन्दिरको निर्माणकोलागि २०८१ सालको माघे

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको