देवघाटमा नेपालमै पहिलो पटक ऐतिहाँसिक लक्ष्यचन्डी विराट महायज्ञ हुने

Devghat Online

शेयर गरौ

देवघाट । भदौ ५

पवित्र धार्मिक तिर्थस्थल देवघाटमा नेपालमै पहिलो पटक ऐतिहाँसिक लक्षचण्डी विराट् महायज्ञ हुने भएको छ । देवभुमिको रुपमा चिनिने देवघाटमा गलेश्वर आश्रमको शतवार्षिकोत्सवको अवसरमा आश्रमको आयोजनामा आगामी माघ १८ देखी फागुन १७ गतेसम्म नेपालको इतिहाँसमै पहिलो लक्षचण्डी विराट् महायज्ञ हुने भएको हो ।

उक्त लक्ष्यचण्डी यज्ञबारे जानकारी दिन बुधबार पोखरामा विद्वद गोष्ठी आयोजना गरियो । उक्त विद्वत गोष्ठीमा बोल्दै गलेश्वर आश्रमका पिठाधीश एवं अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वर बाबाको ध्यान–तपस्याको महाशक्तिले सदियौँदेखि उज्यालो फैलाउँदै आएको यस पुण्यभूमिमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि र आत्मकल्याण रहेको बताए ।

गलेश्वर आश्रमले आफ्नो सयौँ वर्षको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै यस महाआयोजनालाई ऐतिहासिक र भव्य बनाउन विशेष तयारी गरेको स्वामीजीले जानकारी दिएका छन् । उक्त महायज्ञका क्रममा लक्षचण्डी विराट् महायज्ञ, धार्मिक–आध्यात्मिक विद्वगोष्ठी, एक लाख श्रीमहागणपति अथर्वशीर्ष पाठ, शतकुण्डीय (सय कुण्डीय) हवन, कन्या पूजन, धार्मिक सांस्कृतिक समारोह तथा सनातन परम्पराका अनुशासकीय कृत्यहरू सञ्चालन गरिनेछन् ।

गलेश्वर आश्रमका पीठाधिश एवं अध्यक्ष तथा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजका अनुसार, “गलेश्वर आश्रमको शतवार्षिकोत्सव अवसरमा आयोजना हुने लक्षचण्डी विराट् महायज्ञले धर्म, संस्कार र राष्ट्रिय एकतालाई बलियो बनाउनेछ । यो महायज्ञ केवल धार्मिक उत्सव मात्र होइन, यो सनातन परम्पराको संरक्षण र आगामी पुस्तालाई आध्यात्मिक चेतनाको सन्देश दिने अभियान पनि हो ।”

कार्यक्रमका गोष्ठी संयोजक तथा केदारेश्वर पीठका पीठाधिश डा. स्वामी चिदघन चैतन्य (लेखनाथ स्वामी) का अनुसार, “महायज्ञमा देश–विदेशका प्रख्यात पण्डित, योगी र आध्यात्मिक विद्वानहरूको सहभागिता रहनेछ । यसले नेपाललाई वैश्विक धार्मिक नक्सामा अझ प्रख्यात बनाउने अपेक्षा छ ।”

उक्त बिद्वत गोष्ठीमा पूर्ब मन्त्री महादेव गुरुङ, पूर्व सांसद दिव्यमणि राजभण्डारी, सशस्त्र प्रहरीका प्र.उ.अरुण शर्मा, अधिवक्ता तारा शर्मा, उद्यमी राजेन्द्र अर्याल, बिश्व हिन्दु महासंघका शंकर खराल, प्रेमबहादुर जिसी, माधव भण्डारी, १६,००० अन्तर्राष्ट्रिय हरि ऊँ गुरु लक्ष्मण शर्मासहित उपश्थित धार्मिक आध्यात्मिक सामाजिक क्षेत्रका ब्यक्तित्वहरुले सफलताकालागि आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । श्रद्धालु, धार्मिक विद्वान र आम सर्वसाधारणको सहभागितासहित हुने यस महायज्ञलाई नेपालकै धार्मिक इतिहासमा एक अभूतपूर्व अध्यायका रूपमा लिइएकोछ ।

यसैविच गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लागेको लक्षचण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ । गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिए ।

कलियुगमा भगवती महामाया चण्डी एवं भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यताको अनुसरण गर्दै आश्रमले उक्त महायज्ञ आयोजना गर्न लागेको हो । गलेश्वर आश्रम स्थापनाको शतवार्षिकीको अवसरमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि, आत्मकल्याण, राष्ट्रवासीको सर्वांंगीण विकास तथा विश्वबन्धुत्वको भावना जागरण गर्नु रहेको छ ।

महायज्ञका लागि सहयोग र समर्थन जुटाउने तथा विशिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा गर्ने उद्देश्यले आश्रमको प्रतिनिधिमण्डल पोखरा पुगेको थियो । प्रतिनिधिमण्डलमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँगै आश्रमका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय