ऋषिङमा तीज गीत प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तीज गीतले महिलाको संघर्षको गाथा बोक्छः मन्त्री न्यौपाने

विवेक श्रेष्ठ । तनहुँ, भदौ ९

नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर ऋषिङ्ग गाउँपालिकामा वडास्तरीय खुला तिज गीत प्रतियोगिता वडा नम्बर ६ को ढुङ्गागाढे पार्कमा सम्पन्न भयो । ‘ऋषिङ्गको विकासमा पूर्व र वर्तमान अवस्थाः संघीयतामा महिलाहरूको भूमिका’ शीर्षकमा आयोजित उक्त प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उद्घाटन गरिन् ।

उक्त अवसरमा बोल्दै मन्त्री न्यौपानेल तीज गीत प्रतियोगिताले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै महिला सशक्तिकरणको सन्देश पनि फैलाउने बताइन् । उनले तीज गतीले महिलाको संघर्षको गाथा बोक्ने बताइन् । तीज पर्व महिलाको उत्थान, संघर्ष र क्रान्तिमा आधारित भएर सबैले उल्लास पुर्वक मनाउन थालिएको मन्त्री न्यौपानेले बताइन् ।

गाउँपालिकाले नीति र योजना बनाउदा महिलालाई प्राथमिकता राखेर बनाउन पर्ने मन्त्री न्यौपानेको भनाई थियो । ऋषिङले आफुलाई तीज गीत प्रतियोगितामा बलाएपछि आफुले मन्त्रालयको महत्वपुर्ण काम थाँती राखेर आएको मन्त्री न्यौपानेले बताइन् ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङको यस गौरवपुर्व कार्यक्रमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले प्रमुख अतिथिको रूपमा उद्घाटन गरि थप गरिमा प्रदान गर्नुभएको बताए । आफुले ऋषिङमा गरेको विकासको कामलाई महिलाहरुले गीत मार्फत व्यक्त गरेको बताए । गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले पनि मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगितामा वडा नम्बर १ को ग्याजा आमा समुह प्रथम, वडा नम्बर ५ को लालीगुराँस आमा समुह दोश्रो, वडा नम्बर ४ को प्रगती महिला सन्जाल तेश्रो तथा वडा नम्बर २ को नमुना आमा समुहले सन्त्वना स्थान प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रवक्ता बिजय दरैले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी