देवघाटमा आयोजित रिटर्नी सेन्टर प्रथम वाईसिएल नेपाल देवघाट कपको उपाधि ए फ चितवनलाई

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ ९

वाइसिएल नेपाल देवघाट गाउँ कमिटिको आयोजनामा देवघाटमा सम्पन्न भएको रिटर्नी सेन्टर प्रथम वाइसिएल नेपाल देवघाट कप महिला फुटवल प्रतियोगिताको उपाधी ए एफ चितवनले हात पारेको छ । शनिबार सम्पन्न फाईनल खेलमा ए एफ चितवनले चितवनकै साइमन स्र्पाेट्स क्लवलाई १–० गोल अन्तरले हराई उपाधी हात पारेको थियो । बिजेता टिमले १ लाख र उपबिजेताले ५० हजार नगद र सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । गत भदौ १ गतेदेखी सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा रिटर्नी सेन्टल नेपालका केन्द्रीय फ्याक्सन इन्चार्ज देवेन्द्र पराजुलीले वाईसिइल नेपाल गणतन्त्रको लागि लडेको र समाज बिकासको लागि सधै वाइसीएलले कदम चाल्दै आएको बताए । पछिल्लो समयमा महिलाहरु पनि शसक्त भई अगाडि बढिरहेको पराजुलीले भन्दै पराजुलीले महिलाहरु अगाडि बढेको देख्दा आफुहरुले गरेको सङ्घर्षले सार्थकता पाएको अनुभूत हुने बताए ।

नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चाको केन्द्रीय उप–महासचिव एवम् गण्डकी प्रदेशको निवर्तमान अध्यक्ष सिद्धान्त गर्जा मगरले खेलले देवघाटको भौतिक विकास सामाजिक विकासमा पनि टेवा पुग्ने बताए । महिला फुटबल खेल राखिराख्दा महिला खेलाडीहरु धेरै उत्पादन हुने र पछिल्लो समयमा राष्ट्रिय अन्तराष्ट्रिय जगतमा महिला खेलाडिले नाम राख्दै आएको मगरले बताए ।

वाइसिएल देवघाटका कार्यवहाक अध्यक्ष उमेश आलेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले व्यक्तिको जग्गा दाता खेल मैदानमा खेल खेलाइराख्दा दुख लाएको कुवरले बताए । पछिल्लो समयमा साना साना खेल मैदानहरु बनााउदै गएको र पछिल्लो समयमा खेलहरु खेलाइरहेको र विभिन्न माध्यम बाट देवघाटलाइ चिनाउने कार्यक्रम गर्नुपर्ने कुवरले बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका रञ्जिता थापा मगर, गायिका चन्द्रा गुरुङ, लोक तथा दोहोरी गायक शिव थापा मगर, लोक तथा दोहारी गायिका देवी गुरुङले विभिन्न प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको