तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १०

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले जानकारी दिए ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भंग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो