देवघाट–२ का जेष्ठ नागरिक र असक्तहरुलाई टोलमै गई सामाजिक सुरक्षाभत्ता नविकरण

Devghat Online

शेयर गरौ

देवघाट । भदौ ११

देवघाट गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक र अति अशक्तहरु लाभग्राहीलाई टोलटोलमा गई सुरक्षा भत्ताको नविकरण गरिएको छ ।

उक्त वडा भौगोलिक हिसावले धेरै बिकट रहेको हुँदा वडा कार्यलयमा सबै जेष्ठ नागरिक र अशक्तहरु आउन नसक्ने हुँदा टोल टोलमा गई लाभग्राहीको परिचयपत्र नविकरण गरिएको वडा नम्बर २ का वडा सदस्य युवराज गुरुङले बताए ।

उक्त वडामा १६ वटा टोल रहेकोमा जेष्ठ नागरिक तथा अशक्तहरुले आफुलाई पायक पर्ने टोलमा गई भत्ता कार्ड नविकरण गरेको वडा सदस्य गुरुङले बताए । टोलमै सामाजिक सुरक्षा भत्ता नविकरण हुने व्यवस्था भएपछि लाभग्राहीहरु प्नि खुसी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो