अहिलेसम्म पुगेको छैन देवघाटको केही भागमा मोवाईलको नेटवर्क

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ ११

देवघाट गाउँपालिकाको केही भागमा हालसम्म मोवाईलको नेटवर्क पुगेको छैन । देशमा सुचना र प्रविधिले निकै फड्को मारिसक्दासम्म पनि देवघाट गाउँपालिकाको केही भाग अझैसम्म मोवाईलको नेटवर्क पुगेको छैन ।

देवघाटको फोस्रेपानी, सोलिघोप्टे, क्वाँदी, बेलस्वारा, जोलेआप, शिखर कर्ताप लगायतका ठाउँमा अझै पनि मोवाइलको नेट्वर्क नभएको वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङले बताइन् । मोवाईल नेटवर्क नहुँदा रातिको समय या भवितव्य हुने घटनाहरुमा एक अर्कामा खवर पु¥याउन निकै कठिन भएको गुरुङले बताइन् । ती ठाउँका बासिन्दाले नेपाल टेलिकम र एनसेलको नेटवर्कबाट फोन गर्न गाउँबाट निकै टाढा जानुपर्ने कमलाले बताइन् ।

उक्त समस्याको बारेमा गाउँपालिकामा ३ वर्षदेखी पटक–पटक कुरा गर्दा गाउँपालिकाले नेपाल टेलिकममा निबेदन दिएको बताउने कमलाले बताइन् । मोबाइलको नेटवर्क सन्चारको माध्यम मात्र नभई नागरिकको सुचनाको हक समेत भएको हुँदा पायक पर्ने स्थानमा मोवाइलको टावर राख्न वडा सदस्य गुुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास