ढोरवाराही मन्दीरमा ‘मालती मंगले’ को शुभसाईत

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १४

शुक्लागन्डकी नगरपालिकाको विभिन्न स्थानमा छायांकन गरिने नेपाली चलचित्र मालती मंगलेको शनिबार शुक्लागन्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा शुभसाईत गरियो ।

उक्त अवसरमा शुक्लागन्डकी नगर उद्योग वाणिज्य संघ उक्त चलचित्र प्रति प्रतिबद्धता कार्यक्रम समेत गरेको थियो ।
लोकप्रिय गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको उक्त चलचित्रमा लोकप्रिय अभिनेता बिजय बराल, नायिका बर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली र निर्देशक प्रकु पाण्डेय रहेका छन् ।

उक्त कार्यक्रममा चलचित्रका निर्माता रामकृष्ण ढकाल, अभिनेता बिजय बराल, शुक्लागन्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, शुक्लागन्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ