तनहुँ । भदौ १९
आँबुखैरेनी गाउँपालिकाले हाटबजारको क्षेत्र बिस्तार गर्ने भएको छ । प्रत्येक हप्ताको शुक्रबार हाटबजार सन्चालन गर्दै आएको आबुँखैरेनीले कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरि भदौ ३० गते देखी प्रत्येक सोमबार वडा नम्बर २ को श्री शिद्धि गणेश टोल स्थित बसपार्क क्षेत्रमा हाटबजार सञ्चालन गर्ने भएको हो ।



स्वदेशी उत्पादनलाई थप प्रवद्र्धन गर्नका साथै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरालाई फराकिलो बनाउने उद्देश्यले नयाँ स्थानमा हाटबजार सन्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

उक्त हाटबजारको भदौ ३० गते उद्घाटन गरिने भएको छ । उक्त हाटबजारमा कृषि उद्यमि/लघु उद्यमी/व्यवसायि/कृषक समुह/सहकारीहरुलाई देशैभरि उत्पादित स्वदेशी उत्पादन सहज रुपमा बिक्री गर्नका लागि तथा स्टल सम्बन्धी व्यवस्थाका लागि आँबुखैरेनी गाउँपालिकाले अनुरोध गरेको छ ।











