म्याग्देमा उपभोक्ता अनुशिक्षण कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १९

म्याग्दे गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ का योजनाहरुको उपभोक्ता अभिमुखीकरण कार्यक्रम वडा नम्बर १ मा विहिबार सम्पन्न भएको छ । उपभोक्ता समितिका पदाधिकारी तथा टोल विकास संस्थाका अध्यक्षहरुको लागि आयोजित उक्त कार्यक्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले छनौट भएका योजनाहरु निर्धारित समयमा प्रभावकारी रुपमा सम्पन्न गर्नुपर्ने बताए । उनले यस प्रशिक्षणबाट आयोजना कार्यन्वयनको चरणमा हुनेकमिकम्जोरीहरू न्यूनिकरण हुनका साथै प्रभावकारी कार्यन्वयन हुने विश्वास लिईएको बताए ।

वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, योजना शाखाका प्रमुख श्रीराम खनाल, लेखा प्रमुख शिवजी थापा, इन्जिनियर रोमन पण्डित र वडा नम्बर १ का प्राविधिक शम्भु पौडेलले प्रशिक्षण दिएका थिए । उक्त अभिमुखीकरणमा ८० जनाको सहभागिता रहेको थियो ।

म्याग्दे गाउँपालिकाले सबै वडामा उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थालाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो