आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा ४ जनाको उम्मेदबारी, निर्वाचन शुक्रबार

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १९

आदिकवि भानुभक्त क्याम्पसको सन्चालक समितिको अध्यक्ष पदको लागि चार जनाले उम्मेदबारी दर्ता गरेका छन् । अध्यक्ष पदको लागि कमलामोहन वाग्ले, राजु दाहाल, चुडामणी दाहाल र केशबहादुर सुनारले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि १२ जना खुल्ला सदस्यहरुको लागि २१ ज्नाले उम्मेदबारी दिएका छन् । सदस्य पदमा उम्मेदबारी दिनेमा संगित घिमिरे, शिवहरि धिताल, सुरेन्द्र पौडेल, भाग्यशाली ढुङ्गाना, रामकृष्ण विक, दुर्गाभक्त अधिकारी, विवेक भट्टराई, पदमराज सुवेदी, सोमराज सिग्देल, डा.इश्वरचन्द्र वाग्ले, विष्णुबहादुर बस्नेत, भरतप्रसाद पन्थ, सुनिल मिश्र, रामजी प्रसाद तिमिल्सेना, गजेन्द्रराज पन्थ, गोपाल सुर्खाली, सहबिर उच्चै ठकुरी, मोहन गिरी, निर्मल पण्डित, इश्वरबहादुर विष्ट र श्रीराम कार्की रहेका छन् ।

त्यसैगरि ३ महिला सदस्य सर्वसम्मत भएका छन् । जसमा सिर्जना तिवारी, सोभा बढु अधिकारी र विणा कैनी रहेका छन् । त्यस्तै १ दलित सदस्यको लागि मिनबहादुर चदारो र अजुर्न सुनारले उम्मेदबारी दिएका छन् । १ जग्गादाता सदस्यमा ठाकुरबहादुर दरै सर्वसम्मत भएका छन् । २ जनजाती सदस्यमा सोमबहादुर थापा र चिजबहादुर दरै सर्वसम्मत भएका छन् ।

२ अभिभावक सदस्यमा कृष्णबहादुर रुचाल र रामराज अधिकारी तथा पुस्तकालय समितिमा कुलबहादुर थापा संयोजक तथा सदस्यहरुमा बुद्धिसागर साखी, महेन्द्र गिरी र अम्बिका अधिकारी तथा आन्तरिक लेखा परिक्षण समितिमा संयोजक ऋषिराम ढुङ्गाना तथा सदस्यहरुमा प्रेमबहादुर राउत र सरु कुमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

सहमती नभएका पदहरुमा शुक्रबार निर्वाचन हुने निर्वाचन संयोजक नेपाल बार एसोसियसन तनहुँकी अध्यक्ष सरिता थापा भण्डारीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी