सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई कारवाही गर्न माग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २७

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जेनजी समुहको आन्दोलनको क्रममा घुसपैठ गरी सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारवाही गर्न माग गरेको छ । महासंघ तनहुँ शाखाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरि सन्चार संस्था र सन्चारकर्मीमाथी धम्की र तोडफोडको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका माग राखेर सडकमा उत्रिएका युवा पुस्ताको आन्दोलनका क्रममा दिवङ्ग भएका युवाहरुप्रति महासङ्घ तनहुँ शाखाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । आन्दोलनमा सहभागी धेरै व्यक्ति, पत्रकार र सुरक्षाकर्मी घाइते हुनुभएकामा शाखाले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

भदौ २३ गतेको आन्दोलनमाथि सरकारले गरेको दमन र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिले स्तब्ध तुल्याएको भन्दै महासंघले युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा जिल्लास्थित सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति शाखा निन्दा र भत्र्सना गरेको छ ।

भदौ २४ गते भएको आन्दोलनको क्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गाली गलौज र हातपातको प्रयास भएको, रेडियो ढोरबराहीको ग १३ प ५०७४ को स्कुटर, पत्रकार अशोक विकको ग १५ प ७४९७ को मोटरसाइकल, पत्रकार सुमन श्रेष्ठको ग १५ प ४५४ तोडफोड तथा रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड भएको महासंघका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

जनतालाई सूसुचित गर्न, शान्ति र लोकतन्त्रका लागि क्रियाशील हुने पत्रकार र सञ्चारमाध्यमलाई निशाना बनाइएकोप्रति शाखा आपत्ति प्रकट गरेको छ । महासंघले राज्य र आन्दोलनमा संलग्न जो कसैलाई प्रेसमाथि निशाना नबनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ