तनहुँ कारागारबाट भागेका ७८ कैदीबन्दी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २७

तनहुँ कारागारबाट गत भदौ २४ गते साँझ भागेका ३ सय २७ कैदीबन्दीमध्ये ७८ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझसम्म ९ महिला र ६९ पुरुष गरि ७८ जनालाई पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापाले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएको हो । भागेका अन्यको खोजी भइरहेको डिएसपी थापाले बताए ।

गत भदौ २५ गते साँझ कारागारको सुरक्षा घेर तोडेर २० महिला र ३ सय ७ पुरुष गरि ३ सय २७ जना कैदीबन्दी कारागारबाट निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले