देवघाटका जेन जी पुस्ताले गाउँपालिकामा बुझाए ११ बुँदे ध्यानाकर्षण पत्र

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २७

देशभर जेन जी पुस्ताको नाममा आन्दोलन चलिरहँदा देवघाट गाउँपालिकामा रहेका जेन जी पुस्ताका युवाहरुले विभिन्न विषयमा देवघाट गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । युवाहरुले शुक्रबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ती विवरण सार्वजानिक गरि सो को अभिलेख राख्नुपर्ने, करारमा कर्मचारी नियुक्ती गर्दा योग्यता र क्षमताको आधारमा प्रतिश्पर्धा गरेर मात्र नियुक्ती गर्नुपर्ने, हाल कार्यरत करारका कर्मचारीलाई हटाई उक्त पदमा क्षमता र योग्यताको आधारमा चयन गर्नुपर्ने र कुनै पनि कर्मचारीलाई ६/६ महिनामा स्थानान्तरण गरिनुपर्ने, देवघाटमा भएका विकास निर्माणका कामहरुको खर्च विवरण, ठेकेदारको परिचय विवरण सार्वजानिक गर्नुपर्ने तथा उपभोक्ता समितिको गठन गर्दा जनप्रतिनिधिको रोहबरमा मात्र गठन गर्नु पर्ने माग गरिएको छ ।

त्यसैगरि हालसम्म देवघाट गाउँपालिकाद्वारा सम्पादित कामहरुको प्रगति तथा खर्च विवरण सार्वजानिक गर्नुपर्ने, कार्यक्रमको नाम, कार्यक्रम संयोजकको नाम, कार्यक्रममा सहभागीहरुको विवरण, कार्यक्रमको खर्च, अव हुने कार्यक्रमको सुचना लगायतका विवरण पनि सार्वजानिक गर्नुपर्ने, गाउँपालिकाको आम्दानीको श्रोतहरु खुलाउनुपर्ने तथा मौलाकाली हाइड्रोपावरको नाममा पवित्र धार्मिक नदी कालीगन्डकी अत्याधिक मात्रामा अबैध दोहन भईरहेको उक्त नदी जन्य बस्तुको मुल्यांकन गरि दोहन गर्ने हाइड्रोपावर जरिवाना तथा करको दायरामा ल्याउनुपर्ने र उक्त संकलित राजश्व गाउँपालिकाको विकास निर्माणमा लगाउनुपर्ने माग गरिएको छ । साथै कालीगन्डकी दोहनमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको छ ।

साथै गाउँपालिकाको स्वामित्वमा रहेको सरकारी सवारी साधनहरु कार्यालय समय बाहेक अन्य समयमा पनि सन्चालन हुने गरेको हुँदा त्यस्तो कार्य रोक लगाउनुपर्ने, गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको बा १९ च ९०७५ नम्बरको नीजि गाडीको खर्च मासिक १ लाख भन्दा बढि हुने भएको हुँदा उक्त नीजि गाडी प्रयोगमा रोक लगाई गाउँपालिकाका अध्यक्षले पनि सरकारी गाडी नै प्रयोग गर्नुपर्ने माग गरिएको छ । साथै कुनैपनि योजनाको डिपिआर गर्दा प्रतिश्पर्धाको आधारमा मात्र गर्नुपर्ने र कानुन अनुसार सार्वजानिक सुनुवाई गर्नुपर्ने माग गरिएको छ ।

आफ्नो सम्पत्तीको रुपमा रहेको सार्वजानिक जग्गा खोजी गर्नुपर्ने र ति जग्गामा खेलकुँद मैदान निर्माण गर्नुपर्ने, गाउँपालिकाका ठेक्कापट्टामा जनप्रतिनिधिको स्वार्थ बाझिने गरि जनप्रतिनिधिका आफन्तहरु संलग्न हुन नपाउने तथा शिक्षा, स्वास्थ्य र हरेक विकास निर्माणका कार्यमा भ्रष्टाचार रोकेर समृद्ध र समुन्नत देवघाट बनाउन पहल गर्नुपर्ने माग गरिएको छ । देवघाटका जेन जी पुस्ताको तर्फबाट रक्षा कार्कीले उक्त पत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिका लम्साल तिमिल्सेनालाई हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको