प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण, आन्दोलनमा मारिएकालाई १० लाख दिइने

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ २९

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

सरकारले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

सरकारका मुख्यसचिव एक नारयण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा