तनहुँ कारागारबाट भागेका १३२ कैदीबन्दी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३०

तनहुँ कारागारबाट गत भदौ २४ गते साँझ भागेका ३ सय २७ कैदीबन्दीमध्ये १ सय ३२ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझसम्म १२ महिला र १ सय २० पुरुष गरि १ सय १ सय ३२ जनालाई पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापाले जानकारी दिए । त्यसमध्ये थुनुवा तर्फ ४४ पुरुष र बाँकी कैदी (कैद तोकिएका) रहेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएको हो । भागेका अन्यको खोजी भइरहेको डिएसपी थापाले बताए ।

गत भदौ २५ गते साँझ कारागारको सुरक्षा घेर तोडेर २० महिला र ३ सय ७ पुरुष गरि ३ सय २७ जना कैदीबन्दी कारागारबाट निस्किएका थिए । प्रहरीले भागेका कैदीबन्दीलाई यथाशिघ्र कारागारमा आउन आह्वान पनि गरेको छ । कारागार नफर्किए उनीहरुलाई पक्राउ गरि ल्याउने प्रहरीले जनाएको छ ।

यसैगरि तनहुँ प्रहरीले देशका अन्य विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई पनि पक्राउ गरि सम्बन्धित कारागारमा बुझाएको छ । हालसम्म कास्की कारागारबाट भागेका ३६ जना, चितवन कारागारका १ जना र नख्खु कारागार ललितपुरबाट भागेका १ कैदीलाई पक्राउ गरि सम्बन्धित कारागारमा बुझाईएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन