मधुवन सामुदायिक बनको सार्वजनिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २९

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक बनको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । सामुदायिक बनले गत आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको बारेमा जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धि बहादुर पाण्डेले अहिलेको सामुदायिक वनहरु पहिला भन्दा पछिल्लो समयमा अत्यन्त सान्दर्भिक ढङ्गले उपभोक्तहरुको लागि लाभ दिदै आएको बताए । पछिल्लो समयमा बनहरुलाई कति खेर मुद्दा हालिन्छ थाहा छैन भन्दै उनले त्यस्तो परिस्थितिमा काम गर्न धेरै गा¥हो रहने पाण्डेले बताए ।

उक्त कार्यक्रममा देवघाट सवडिभिजन बन कार्यलयका प्राविधिक दिपक सिलवालले सामुदायिक वनका काठहरु भन्दा आम्दानी कम भएको बताए । सो बनले टेन्डर आह्वान गरेर काठ बेच्न सके अझ बढी आम्दानी गराउने सक्ने सिलवालले बताए । मधुवन सामुदायिक बन अरु बनहरु भन्दा धेरै सक्रिय भइ अगाडि बढिरहेको सिलवालले बताए ।

मधुवन सामुदायिक बन उपभोक्ता सुमहका अध्यक्ष डिल्लीराम गिरीले अझ सामुदायिक बनलाई अझ राम्रो गर्दै जाने र कमिकजोरीलाई अझ औल्याउदै र पहिचान गर्दै आगामी वर्षमा अझ नेपालकै उत्कृष्ट वन मध्ये आउने बताए ।

उक्त कार्यक्रममा सिता सामुदायिक बन समुहकी सचिव एलिजा अधिकारी क्षेत्री, मधुवन सामुदायिक बन समुहका लेखा संयोजक कृष्ण रेग्मी, मधुवन सामुदायिक बनका पुर्व अध्यक्ष केश वहादुर गुरुङ, पुर्व अध्यक्ष विष्णु न्यौपाने, पुर्व अध्यक्ष वावुराम ढकाल, मधुवन सामुदायिक वनका समितिहरु सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण