आबुँखैरेनीमा सोमबारे हाटबजारको सुभारम्भ

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३०

प्रत्येक शुक्रबार हाटबजार सन्चालन गर्दै आएको आँबुखैरेनी गाउँपालिकाले सोमबारे हाटबजार पनि सन्चालन गरेको छ । गाउँपालिकाले सन्चालन गर्ने उक्त सोमबारे हाटबजारको सोमबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । उक्त हाटबजार वडा नम्बर २ को शिद्धि गणेश टोल स्थित बसपार्क क्षेत्रमा हाटबजार सञ्चालन भएको छ ।

स्थानीय उपजको उत्पादन बृद्धि र बजारिकरण गरी कृषकहरुलाई आत्मनिर्भर र सबल बनाउने उद्देश्यका साथ प्रत्येक हप्ताको शुक्रबार हाटबजार सञ्चालन गर्दै आइरहेकोमा स्थानीय कृषक, उपभोक्ताहरुको माग बमोजिम कृषि बजारिकरणलाई थप विस्तार गर्ने उदेश्यका साथ हप्ताको सोमबार पनि हाटबजार सन्चालन गर्ने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरि स्वदेशी उत्पादनलाई थप प्रवद्र्धन गर्नका साथै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरालाई फराकिलो बनाउने उद्देश्यले नयाँ स्थानमा हाटबजार सन्चालन गरिएको अध्यक्ष चुमानले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चुमानले कृषि नै हाम्रो जीवनको आधार भएको उल्लेख गर्दै संसार ध्वस्त भए पनि कृषिमा आश्रित व्यक्ति कहिल्यै संकटमा नपर्ने बताए ।

हाटबजार उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, प्रशासकीय अधिकृत शर्मिला अधिकारी, वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रेमबहादुर तमु, वडा नम्बर २ का अध्यक्ष आशबहादुर गुरुङ, वडा नम्बर ४ का अध्यक्ष मिलन भुजेल, वडा नम्बर १ का सदस्य मनोज कुमार श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेकप्रसाद सुवेदी लगायतको उपस्थिति थियो ।

उक्त हाटबजारमा कृषि उद्यमि/लघु उद्यमी/व्यवसायी/कृषक समुह/सहकारीहरुलाई देशैभरि उत्पादित स्वदेशी उत्पादन सहज रुपमा बिक्री गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता