बन्दीपुर केबलकार परिसरमा प्रवेश गर्नका लागि पास चाहिने

Devghat Online

शेयर गरौ

तनहुँ । असोज १

बन्दीपुर केबलकारले एन्ड टुरिजम लिमिटेडले केवलकार परिसरमा प्रवेश गर्न ५० रुपैयाँ लिने भएको छ ।
कम्पनीले आम नागरिक र कम्पनीको सुरक्षाका लागि भन्दै केबलकार परिसर प्रवेश गर्न टिकटका लागि ५० रुपैयाँका तोकेको हो ।

प्रवेशका लागि लिइएको शुल्क भने बन्दीपुर केवलकारद्वारा सञ्चालित कुनै पनि सेवा र सुविधामा सामान खरिद गर्न सकिने वा नगदका रूपमा परिणत गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले बुधबारदेखि पासको व्यवस्था गरेको हो । ५० रुपैयाँको टिकट लिएर मात्रै केबलकारको मुख्य प्रवेश द्वार मार्फत प्रवेश गर्न सकिने र यो प्रणाली सार्वजनिक, सेयरधनी, पर्यटक तथा स्थानीय सबैमा लागु हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

प्रवेश पासका लागि तिरिएको रकम बन्दीपुर केबलकारले सञ्चालन गरेको ड्राईभ ईन रेष्टुरेन्ट, घुमाउने घर, बन्दीपुरहिल ईटरी, सोभिनर सप, किड्स जोन, स्काई साइकिलिङ, जिप लाइनमा सेवा वा सामान खरिद गर्दा तुरुन्त नगदमा परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले