बन्दीपुर केबलकार परिसरमा प्रवेश गर्नका लागि पास चाहिने

Devghat Online

शेयर गरौ

तनहुँ । असोज १

बन्दीपुर केबलकारले एन्ड टुरिजम लिमिटेडले केवलकार परिसरमा प्रवेश गर्न ५० रुपैयाँ लिने भएको छ ।
कम्पनीले आम नागरिक र कम्पनीको सुरक्षाका लागि भन्दै केबलकार परिसर प्रवेश गर्न टिकटका लागि ५० रुपैयाँका तोकेको हो ।

प्रवेशका लागि लिइएको शुल्क भने बन्दीपुर केवलकारद्वारा सञ्चालित कुनै पनि सेवा र सुविधामा सामान खरिद गर्न सकिने वा नगदका रूपमा परिणत गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले बुधबारदेखि पासको व्यवस्था गरेको हो । ५० रुपैयाँको टिकट लिएर मात्रै केबलकारको मुख्य प्रवेश द्वार मार्फत प्रवेश गर्न सकिने र यो प्रणाली सार्वजनिक, सेयरधनी, पर्यटक तथा स्थानीय सबैमा लागु हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

प्रवेश पासका लागि तिरिएको रकम बन्दीपुर केबलकारले सञ्चालन गरेको ड्राईभ ईन रेष्टुरेन्ट, घुमाउने घर, बन्दीपुरहिल ईटरी, सोभिनर सप, किड्स जोन, स्काई साइकिलिङ, जिप लाइनमा सेवा वा सामान खरिद गर्दा तुरुन्त नगदमा परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता