बराह आधारभुत विद्यालयमा नेचुलर खेलकुँद पार्कको उद्घाटन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, कार्तिक १८

देवघाट गाउँपालिका–५ स्थित बराहा आधारभुत विद्यालयमा नेचुलर खेलकुँद पार्कको मंगलबार उद्घाटन गरिएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पार्कको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले देवघाट गाउपालिकाका सामुदायिक विद्यालय मध्ये स्मार्ट विद्यालयको रुपमा बराह आधारभुत विद्यालय परेको बताए । यसले पालिकालाई खुसी तुल्याएको भन्दै गाउँपालिकाले पनि सो विद्यालयलाई सम्मान गर्ने अध्यक्ष थापाले बताए । सबै सुविधाहरु स्थानिय सरकार, संघ र प्रदेश सरकारसँग मात्र अपेक्षा नगरी संघ संस्थाहरुलसँग पनि खोज्नुपर्ने अध्यक्ष थापाले बताए ।

उक्त कार्यक्रममा बराह आधारभुत विद्यालयका प्रअ सोम बहादुर थापाले आफू तिन बर्ष पछि पुनः विद्यालयमा आएको अहिले विद्यालय भौतिक र शैक्षिक स्तरमा धेरै अगाडि बढिसकेको बताए । सारथी टुगेदर फर जर्मनले स्थानिय सरकारले र चक्रवर्ती सामुदायिक वनले विद्यालयलाई धेरै सहयोग गर्दै आएको थापाले बताए ।

सो विद्यालयमा ८६ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । शिक्षकहरु मध्ये एकजना शिक्षकलाइ सारथी टुगेदर फर नेपालले तलव दिएको प्रअ थापाले जानकारी दिए । यस अघि पनि उक्त संस्थाले विद्यार्थीको पठन पाठनको लागि कपि कलम, लत्ताकपडा र यहाँको भौतिक सरंचनाहरु बनाउन सहयोग गरेको बताए । हाल उक्त विद्यालयमा कक्षा ५ सम्म मात्र पठन पाठन हुने र अभिभावकहरुले ८ कक्षासम्म नै पढाउन माग गरेको प्रअ थापाले बताए ।

सो कार्यक्रममा सारथी टुगेदर फर नेपालका प्रतिनिधि नारायण पुरीले तिन वर्ष अगाडि यस विद्यालय कस्तो थियो र अहिले कस्तो छ भन्ने कुरा अभिभावकले मुल्यांकन गर्ने कुरा रहेकोे बताए । विद्यार्थी भाइबहिनीको सिकाइ उपलब्धिको लागी सस्थाले सामुदायिक विद्यालयकोहरुको आवश्यकतालाइ पहिचान गर्नको लागि सहयोग गर्दै आएको पुरीले बताए । विद्यार्थी भाइवहिनीहरुले मनोरञ्जन गर्दै पठनपाठन गर्दा अझ विद्यार्थीहरुले सिकाइमा वृद्धि गर्न सकिने हेतुले खेलकुद सामाग्री सहयोग गरेको पुरीले बताए ।

सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाले आफू अध्यक्ष भए पछि विद्यालयको भौतिक सरंचनाहरु बनाउने क्रममा आफुनै उपस्थिति भइ सहयोग गर्दै काम गर्दै आएको बताए । उक्त कार्यक्रममा धन्यवाद मन्तव्य कक्षा ५ का छात्रा सोनिषा थापाले र छात्र समीर गुरुङले राखेका थिए भने कार्यक्रमको सन्चालन शिक्षक रनमाया गुरुङले र स्वागत मन्तव्य शिक्षक सीता अधिकारीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई