ऋषिङ गाउँपालिकामा जातीय छुवाछूत विरुद्ध सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १८

ऋषिङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्काेटीले राष्ट्रिय दलित आयोग गठन विधि, काम कर्तव्य, अधिकार र जातीय विभेद अन्त्यको लागि आयोगको भुमिका बारेमा चर्चा गरेका थिए । जातीय विभेद र छुवाछूत अन्त्यको लागि केही स्थानीय तहले समेत कानुन बनाएर रचनात्मक कार्य गरेको उनले बताए । दलितमाथि हेर्ने दृष्टिकोण सकारात्मक नबनेसम्म जातीय विभेद र छुवाछूत हट्न नसक्ने सदस्य तथा प्रवक्ता पुर्काेटीले जानकारि दिए ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूत अन्त्यको लागि आफूहरु जुटिरहेको वताए । जातीय आधारमा मानिसबीच विभेद हुनु दुखद भएको र जातीय विभेद कसैले गर्न नहुने अध्यक्ष श्रेष्ठले बताए । ऋषिङ गाउँपालिकामा जातीय विभेद विरुद्ध विभिन्न कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

कार्यक्रममा ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले समाज परिवर्तनको लागि दलित एक्लैको प्रयास पर्याप्त नभएकोले विभेद अन्त्यको लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रममा ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाईले जातीय नाममा हुने विभेद अन्त्यको लागि राज्यले विभिन्न नीति बनाएर जुटिरहेको बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र पाण्डेले जातीय विभेद अन्त्यको लागि आफूहरुले स्थानीय तहसंग समन्वय गरी विभिन्न कार्यक्रम बनाएको बताए ।

कार्यक्रममा दलित अगुवा डम्बरबहादुर विक, ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य दिलबहादुर नेपाली लगाएतले स्थानीय तहमा हुने जातीय विभेद र छुवाछुतको अवस्था र सामाधानको उपाय बारेमा धारणा राखेका थिए । सो कार्यक्रममा ऋषिङ गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, दलित महिला जनप्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार