देवघाटको छिपछिपेमा आयोजित भलिबल प्रतियोगितामा खहरे युवा क्लव बिजयी

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक २०

देवघाट गापा–३ छिपछिपेमा आयोजित गाउँस्तरीय शुद्ध भलिवल प्रतियोगितामा बन्दीपुर गाउँपालिका–६ स्थित मिलिजुली यवा क्लव प्रथम भएको छ । गत कार्तिक १५ गतेबाट भएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता रहेकोमा मिलिजुली युवा क्लव प्रथम भएको हो ।

प्रतियोगितामा गैडाकोटको ढोडेनी युवा क्लव दोश्रो र देवघाट जैथुम क्लव तेश्रो भएको थियो । प्रथम हुने टिमलाई ४० केजीको खसी, मेडल र प्रमाण पत्र, दोश्रो हुने टिमलाई ३२ केजीको खसी, मेडल प्रमाण पत्र, तथा तृतीय हुने टिमलाई २६ केजीको खसी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनजाती युवा नेता सिद्धान्त गर्जा मगरले यसरिनै खेलकुद प्रतियोगिता गर्दा खेलाडीको क्षमता वृद्धि हुनुसँगै खेलप्रेमीहरुलाइ एकीकृत गर्ने, बिचार बिमर्श गर्ने, सामाजिक भेटघाट र सामाजिक कार्य, नीति निर्माण र एकताबद्ध भइ समाज रुपान्तरणलाई रचनात्मक सहयोगमा कोशेढुङ्गाको भुमिका खेल्नुपर्ने बताए ।

छिपछिपे टोल विकास सस्थाका अध्यक्ष मोहोन बहादुर थापाको अध्यक्षतामा सो कार्यक्रम समपन्न भएकोथियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार