मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

Devghat Online

शेयर गरौ

जनकपुर । कार्तिक २४

मधेस प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार यादवलाई मुख्यमन्त्री नियुक्ती गरेकी थिइन् । मुख्यमन्त्री भण्डारीको सोमबार नै सपथ भईसकेको छ ।

सिन्धुलीको एक होटलमा प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराएकी थिइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

शपथपछि कुराकानी गर्दै मुख्यमन्त्री यादवले भने, मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ । जनकपुरमा अवस्था सहज थिएन । विरोध प्रदर्शन भइरहेको थियो । त्यही भएर सिन्धुलीमा शपथको कार्यक्रम राखिएको हो ।

विश्वासको मत नपाउने भएपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले