एमालेको ‘घर फर्क’ राष्ट्रिय अभियान सुरु

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक २४

चार वर्ष अघि एमाले छोडेर माधवकुमार नेपाल समूहमा गएका नेताहरु आज एमालेमा फर्कदै छन् ।

एमालेले सञ्चालन गरेको ‘घर फर्क’ अभियान अन्तरगत समाजवादीका पूर्व सचिव रामकुमारी झाक्रीसहितका नेताहरू आज एमालेमा फर्कंन लागेका हुनु ।

‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमा जानकारी गराइन् ।

नेताहरूलाई अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एमालेमा प्रवेश गराउने तयारी गरिएको छ। सो कार्यक्रम अहिले भइरहेको छ।

एमाले केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारीका अनुसार निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहित १ सय भन्दा बढी नेता एमाले फर्कने सूचीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ